+
+
Shares

रङ्गमञ्चको नीति बनाउँदा पेशागत संस्थासँग सहकार्य गर्न नाट्यकर्मी महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाट्यकर्मी महासंघले रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम बनाउँदा सम्बन्धित पेशागत संघ-संस्थासँग परामर्श र सहकार्य गर्न माग गरेको छ।
  • महासंघले सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाउँदै सरोकारवाला संस्थाको सहभागिता सुनिश्चित गर्न जोड दिएको छ।
  • कुलपति खनालले महासङ्घका मागप्रति आफू सकारात्मक रहेको र आवश्यक पहलका लागि निरन्तर संवाद आवश्यक रहेको बताएका थिए।

काठमाडौं । नाट्यकर्मी महासंघले रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ-संस्थासँग परामर्श र सहकार्य गर्न माग गरेको छ ।

महासंघले सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै रङ्गमञ्च क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम तर्जुमा गर्दा सरोकारवाला पेशागत संस्थाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो ।

महासंघ अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानको कार्यालयमा कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा रङ्गमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत सङ्घ-संस्थासँग आवश्यक परामर्श, समन्वय र सहकार्य गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

ज्ञापनपत्र बुझ्दै कुलपति खनालले महासङ्घले उठाएका माग तथा विषयप्रति आफू सकारात्मक रहेको प्रतिबद्धता जनाएका थिए । महासङ्घका माग सम्बोधनका लागि आवश्यक पहल र सहकार्य गर्न निरन्तर संवाद आवश्यक रहेको उनको भनाइ थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रङ्गमञ्च विभाग प्रमुख जीतबहादुर देउजा (विजय विस्फोट) र नाटक विभाग प्रमुख सरस्वती चौधरीको पनि सहभागिता थियो ।

महासङ्घका तर्फबाट अध्यक्ष रिमालसहित उपाध्यक्ष सिर्जना अधिकारी र राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी र सहकोषाध्यक्ष प्रभन भुषाललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?