+
+
Shares

होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको सुरक्षा र अस्थायी पुनर्स्थापना होस् : सांसद केसी

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरू असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १५:०१

२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरू असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले ती अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेका पीडितहरूलाई यथाशीघ्र सुरक्षित स्थानमा अस्थायी पुनस्र्थापना मिलाउन जोडदार माग गरे।

बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा सडक सञ्जाल र आवतजावत पूर्ण रूपमा विच्छेद भएको उनले संसद्‌मा बताए।

हाल बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्रै नागरिकको आवतजावतको समस्या समाधान नहुने भन्दै सांसद केसीले ती क्षेत्रमा तत्काल कम्तीमा पाँचवटा बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

साथै, उनले विपद् प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप चुस्त र प्रभावकारी बनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?