News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा सुरु गरी नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे होटल एपबाटै बुकिङ र भुक्तानी गर्न मिल्ने बनाएको छ।
- स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा सुरु भएको यो सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ।
- खल्तीले सेवा सुरु भएको अवसरमा २० जना विजेतालाई प्रत्येक बुकिङमा अधिकतम १ हजार ५ सय रुपैयाँको ५० प्रतिशत क्यासब्याक दिने विशेष अफर ल्याएको छ।
२६ भदौ, काठमाडौं । आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे होटल खल्ती एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्नेछन्।
स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा सुरु गरिएको यो सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ। भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ निश्चित भएको जानकारी पाउनेछन्।
अब खल्तीबाट आन्तरिक उडान र बससँगै गन्तव्यमा बस्ने होटलसमेत बुक गर्न सकिनेछ। यससँगै खल्ती केवल भुक्तानी सेवामा सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने एपका रूपमा विस्तार भएको कम्पनीको भनाइ छ।
सेवा सुरु भएको अवसरमा खल्तीले विशेष अफरसमेत ल्याएको छ। अफर अवधिमा होटल बुक गर्ने ग्राहकबाट गोलाप्रथामार्फत छनोट भएका २० जना विजेताले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५ सय रुपैयाँको ५० प्रतिशत क्यासब्याक पाउनेछन्।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको यात्रा अनुभव थप सहज हुने बताए।
खल्ती होटल्स सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4