News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले चिलिमे हाइड्रोको टनेलसम्म हेभिइक्विपमेन्ट जान मिल्ने बाटो खोलेको जनाएको छ ।
- रसुवागढी, लाङटाङ, त्रिशूली ३ एक र त्रिशूली ३ बी जलविद्युत आयोजनामा खोजी तथा उद्धार काम जारी रहेको सेनाले बताएको छ ।
- माथिल्लो त्रिशूली १ को हाकुबेंसीस्थित अडिट १ टनेल क्षेत्रमा ड्रोनमार्फत खोजी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ ।
२६ भदौ, काठमाडौं । नेपाली सेनाले चिलिमे हाइड्रको टनेलसम्म जाने बाटो खोलिएको जनाएको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार हेभिइक्विपमेन्ट जान मिल्नेगरी टनेलसम्मको बाटो खोलिएको हो ।
यो होइड्रोमा विदेशीसहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ । सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको छ।
त्यसैगरी रसुवागढी जलविद्युत आयोजनामा कम्पोसाइट क्विक रियाक्सन टिम तथा विदेशीसहितको संयुक्र खोज उद्धार टोलीमार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ ।
लाङटाङ हाइड्रोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ ।
माथिल्लो त्रिशूली १ को हाकुबेंसीस्थित अडिट १ को टनेलमा नेपाली सेनाको टोलीले टनेलको २ सय मिटर आसपासको इलाकामा ड्रोनमार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ ।
त्रिशूली ३ एको पावर हाउस तथा टनेल इलाकामा पनि संयुक्त टोलीमार्फत खोजी भइरहेको छ । त्रिशूली ३ बीमा पनि खोजी जारी रहेको सेनाको भनाइ छ ।
प्रतिक्रिया 4