News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् ।
- भोटेकोशी बाढीपछि मन्त्रालयले गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित २४ भदौको मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएको हो ।
- पराजुलीको संयुक्त राष्ट्रसंघ अनुभव र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विज्ञता मन्त्रालयको राहत र पुनर्स्थापना काममा उपयोगी हुने विश्वास गरिएको छ ।
२६ भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि नियुक्त गरिएको हो ।
पराजुलीको संयुक्त राष्ट्रसंघमा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।
विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरे ।
प्रतिक्रिया 4