+
+
Shares

नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ।
  • सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्।
  • कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता सेयर निष्कासन गर्नेछ।
  • सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने व्यवस्था छ।

२६ भदौ, काठमाडौं । नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८ सय ५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निष्कासन गर्दै छ ।

कम्पनीले सम्झौता भएको मितिले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने छ । सोही अवधिभित्र सेयर निष्कासन नभए पुन: नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?