२७ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावितलाई पुनर्स्थापन गर्दा भोटेकोशी र त्रिशूली नदी किनारमा गर्न नहुने बताएका छन् ।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् ।
उनले भोटेकोशी र त्रिशूली नदी किनार क्षेत्रमा अझै बाढीको जोखिम रहेको पनि बताए । त्यसैले दीर्घकालीन सोचका साथ अब बस्ती पुनर्स्थापित गर्दा त्यहाँ कुनै हालतमा पनि गर्न नहुने उनको मत छ ।
‘भोटेकोशी र त्रिशूली नदीका दायाँ–बायाँ अब बस्ती बसाल्नु उपयुक्त छैन,’ उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ ।’
उनले नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको पनि बताए । ‘रसुवाका लागि जग्गा हेरिरहेका छौँ,’ उनले भने ।
मुख्यमन्त्री थापामगरले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको पनि बताए ।
प्रतिक्रिया 4