+
+
Shares

सानीभेरीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २८ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
  • कोटगाउँबाट सिम्ली हुँदै खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
  • जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलका अनुसार चार जना गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको छ, घटनास्थलमा थप प्रहरी टोली पठाइएको छ।

२८ भदौ, सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । चार जना गम्भीर घाइते छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ११ जना सवार रहेको र जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको उहाँले बताउनुभयो ।

घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?