News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले वडाबाट क्षेत्रीय प्रतिनिधि चयनमा युवा, दलित, महिला र अपाङ्गता अनिवार्य समेटिने विधि बनाएको छ।
- कांग्रेसले १५ औं महाधिवेशन असोज १६ देखि १९ गते र वडा अधिवेशन असोज ३ र ४ गते गर्ने भएको छ।
- क्रियाशील सदस्य संख्याका आधारमा वडाबाट २१ देखि ५५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले युवा, दलित, महिला, अपाङ्गता लगायत अनिवार्य छनोट गर्ने गरी वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।
एक सय ५० क्रियाशील सदस्य रहेको वडाबाट २१ जना, तीन सय रहेको वडाबाट ३० जना, चार सय ५० सदस्य रहेको वडाबाट ३९, जना, ६ सय सदस्य रहेको वडाबाट ४८ जना र ७५० भन्दा सदस्य रहेको वडाबाट ५५ जना वडा क्षेत्रीय प्रतिनिधि हुने गरी विधि बनाइएको छ ।
वडामा रहेका क्रियाशील सदस्यको आधारमा क्षेत्रीय प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ३ जना, तीन सय रहेको वडाबाट ५ जना, चार सय ५० सदस्य रहेको वडामा ७ जना, ६ सय सदस्य रहेको वडामा ९ र ७५० भन्दा सदस्य रहेको वडाबाट ११ जना महिला क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ । श्रमिक, पेशागत, दलित र अपाङ्गताबाट जतिसुकै सदस्य भएको वडा भएपनि सबै क्लस्टरबाट १/१ जना क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन् ।
खुलातर्फ एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ५ जना, तीन सय रहेको वडाबाट ८ जना, चार सय ५० सदस्य रहेको वडामा ११ जना ६ सय सदस्य रहेको वडामा १४ र ७५० भन्दा सदस्य रहेको वडाबाट १७ जना छनोट गरि विधि बनाइएको छ ।
३० वर्ष नपुगेकाहरूबाट एक महिला अनिवार्य हुने गरी एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ३ जना, तीन सय रहेको वडाबाट ४ जना, चार सय ५० सदस्य रहेको वडामा ५ जना, ६ सय सदस्य रहेको वडामा ६ र ७५० भन्दा बढी सदस्य रहेको वडाबाट ७ जना क्षेत्रीय प्रतिनिधि हुनेछन् ।
समानुपातिकतर्फ एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ६ जना, तीन सय रहेको वडाबाट ९ जना, चार सय ५० सदस्य रहेको वडामा १२ जना, ६ सय सदस्य रहेको वडामा १५ र ७५० भन्दा सदस्य रहेको वडाबाट १६ जना छानिने छन् ।
असोजको १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशनको मिति तय गरेको कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने भएको छ ।
प्रतिक्रिया 4