+
+
Shares

एमाले कार्यदलमा कुरा मिलेन, पुनर्गठनका लागि सहमतिको प्रस्ताव तयार गर्न तीन नेतालाई जिम्मा

दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृहकार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो । उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले पुनर्गठनका सुझावबारे सहमति नभएपछि दुईवटा प्रतिवेदन मिलाउने जिम्मा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको छ।
  • काभ्रेको बल्थलीमा तीन दिन चलेको आवाशीय बैठकमा थापा र महासचिव पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनलाई मिलाउने प्रयास भए पनि सहमति हुन सकेन।
  • एमाले सचिव राजन भट्टराईले बैठकमा उठेका विषय समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिइएको र अर्को बैठक आगामी १ गतेपछि बस्ने बताए।

२९ भदौ काठमाडौं । एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको छ ।

काभ्रेको बल्थलीमा तीन दिनसम्म चलेको आवाशीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टाछुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो । तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृहकार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो । उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन् ।

कार्यदलका सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका बिषयहरु समावेस गरि अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताए । अर्को बैठक आगामी १ गतेपछि बस्ने छ ।

थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढाउनुपर्ने धारणा छ । पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?