+
+
Shares

कैलालीमा ट्रककाे ठक्करबाट बालककाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गौरीगंगा नगरपालिका-२ झिलमा ट्रकको ठक्करबाट ५ वर्षीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीले ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ का सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ ।

३० भदौ, धनगढी । कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?