+
+
Shares

डिजिटल संसद्को अवधारणा अघि बढाउँदै प्रतिनिधिसभा

सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:४०

३० भदौ, काठमाडौं । प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो ।

सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ ।

सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय ग¥यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार डिजिटल संसद्को अवधारणामै केन्द्रित भएर कार्यव्यवस्था परामर्श समतिमिा छलफल भएको छ । छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?