+
+
Shares

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, अरुको कति ?

केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गर्दै केन्द्रीय सभापति उम्मेदवारका लागि ४० हजार रुपैयाँ शुल्क र १० जना प्रस्तावक तथा १० जना समर्थकको व्यवस्था गरेको छ।
  • केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।
  • कांग्रेसले प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ।

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ।

जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ।

जारी निर्देशिकामा वडादेखि केन्द्रीय पदाधिकारीको उम्मेदवारको शुल्क पनि उल्लेख गरिएको छ। यसलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।

केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवार सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ। केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ।

उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

कांग्रेसले प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ।

कुन तहको उम्मेदवारलाई कति शुल्क ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?