+
+
Shares

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ६:३३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।
  • रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुनेछ ।
  • बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने खरेलले बताए ।

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?