+
+
Shares

रास्वपा सांसद्को प्रश्न- अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?

‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:३९

३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देशमा राजदूत खाली रहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

बुधबारको प्रतिनिधिसभाअन्तर्गतको शून्य समयमा बोल्दै उनले यस्तो आवाज उठाएका हुन् ।

‘राजदूतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’, सांसद न्यौपानेले प्रश्न गरे ।

रास्वपालाई जनताले दुई तिहाइ मत दिएर पठाएको स्मरण गराउँदै उनले देशमा योग्यता र क्षमता भएका नागरिक पनि रहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारी गरेका बेला अमेरिकामा समेत नेपाली राजदूत नरहेको बताउँदै यस्तो अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?