+
+
Shares

साउदी अरबको मक्कामा ड्रोन हमला प्रयासको पाकिस्तानका प्रधानमन्त्रीद्वारा निन्दा

शरिफले लेखेका छन्, ‘पाकिस्तानका जनता यस निन्दनीय घटनाबाट दु:खी र चिन्तित छन् । यो क्षमायोग्य छैन र यसबाट हामीलाई पुगेको पीडा तथा दु:ख व्यक्त गर्न कुनै पनि शब्द पर्याप्त छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १५:३७

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले साउदी अरबियाको मक्कामा भएको ड्रोन आक्रमण प्रयासको निन्दा गरेका छन् ।

शरीफले एक्समा पोस्ट गर्दै लेख्दै साउदी अरबको मक्कामा हमला प्रयासको निन्दा गरेका हुन् ।

‘मक्का अल–मुकर्रमाको पवित्रस्थलमा भएको घृणित र जघन्य ड्रोन आक्रमणको प्रयासको म कडा शब्दमा निन्दा गर्छु’, शरिफले लेखेका छन्, ‘पाकिस्तानका जनता यस निन्दनीय घटनाबाट दु:खी र चिन्तित छन् । यो क्षमायोग्य छैन र यसबाट हामीलाई पुगेको पीडा तथा दु:ख व्यक्त गर्न कुनै पनि शब्द पर्याप्त छैन ।’

उनले साउदी अरबको सुरक्षा बलको प्रशंसा पनि गरेका छन् । उनले भनेका छन्, ‘असाधारण सतर्कता, साहस र व्यावसायिक क्षमताका साथ तीव्र तथा बहादुरीपूर्वक कारबाही गर्ने साउदी शाही सशस्त्र बललाई हामी सलाम गर्छौं ।’

शहबाजले सबै पक्षलाई अधिकतम संयम अपनाउन र भविष्यमा तनाव बढ्ने अवस्था सिर्जना हुन नदिन आग्रह गरेका छन् ।

यसअघि साउदी अरबले यमनका हुथी विद्रोहीले प्रहार गरेको ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै निष्क्रिय पारेको जनाएको थियो ।

साउदी अरबका विभिन्न क्षेत्रमा हुथी सशस्त्र समूहका आक्रमण बढेपछि साउदी हवाई रक्षा प्रणालीले उक्त कारबाही गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?