News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ मा नेपालले महिला भलिबलको पहिलो खेलमै जापानसँग २५–८, २५–१२ र २५–११ ले हार बेहोरेको छ।
- एफआईभीबी वरियतामा छैटौं स्थानको जापानसँग पराजित भएपछि नेपालले अब बिहीबार इन्डोनेसियासँग दोस्रो खेल खेल्नेछ।
- इन्डोनेसियासँगको खेल जिते नेपालले क्वाटरफाइनल सम्भावना जोगाउनेछ, हार भए क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ।
३१ भदौ, काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ ।
नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो ।
नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त खेल जितेमा नेपालको क्वाटरफाईनल सम्भावना बाँकी हुनेछ भने पराजित भएमा क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।
एफआईभीबी वरियतामा नेपाल ६९औं स्थानमा छ भने इन्डोनेसिया ५३औं स्थानमा छन् ।
एसियाली वरियतामा इन्डोनेसिया नवौं र नेपाल ११औं स्थानमा छन् ।
प्रतिक्रिया 4