+
+
Shares

एमाले कार्यदलको प्रतिवेदनबारे छलफल गर्न गुन्डु पुगे नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न गुन्डु पुगेका छन्।
  • महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन्।
  • दुई प्रतिवेदन र नेताहरूको अभिमत थपेर मस्यौदा तयार पार्ने जिम्मेवारी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको समितिलाई दिइएको छ।

३१ भदौ, काठमाडौं । नेकपा एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू पुगेका छन् ।

स्रोतका अनुसार, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेताहरू गुन्डु पुगेका हुन् । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन् ।

अलग–अलग प्रतिवेदन तयार भएपछि कार्यदलले उपाध्यक्षहरू थापा र विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको सम्पादन समिति बनाएको छ । यो समितिलाई दुई प्रतिवेदन र नेताहरुको अभिमत थपेर मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ ।

आजसम्म समय पाएका नेताहरू मस्यौदाबारे परामर्श लिन गुन्डु पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?