+

ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको पाँच स्थान सुधार

२०८३ भदौ  ३१ गते १७:३७ २०८३ भदौ ३१ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी ओडीआई अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी ५ स्थान उक्लिँदै १७औं स्थानमा पुगेका छन् ।
  • असीसी प्रिमियर लिगमा ओमानविरुद्ध अर्धशतक र ३ विकेट तथा यूएईविरुद्ध १८ रन र १ विकेट लिएपछि उनको रेटिङ १७१ पुगेको छ ।
  • ओडीआई ब्याटिङ वरियतामा दीपेन्द्र १० स्थान माथि उक्लिँदै ८४औं स्थानमा पुगेका छन्, र टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमै छन् ।

३१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो ।

गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा गरेको प्रदर्शनबाट उनको वरियतामा सुधार भएको हो । प्रिमियर कपमा ओमानसँगको सेमिफाइनल र यूएईसँगको फाइनल ओडीआई मान्यताको थियो ।

दीपेन्द्रले सेमिफाइनलमा ओमानविरुद्ध अर्धशतक बनाएका थिए भने ३ विकेट पनि लिएका थिए । यूएईसँगको फाइनलमा १८ रन बनाएर १ विकेट लिएका थिए ।

ओडीआई ब्याटिङ वरियतामा पनि दीपेन्द्र १० स्थान माथि उक्लँदै ८४औं स्थानमा छन् ।

टी-२०आई अलराउन्डरको वरियतामा भने दीपेन्द्र तेस्रो स्थानमै यथावत् छन् ।

आईसीसी वरियता ओडीआई वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय