News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा सुरु भएको २४औं लिस्नु कप नकआउट फुटबलको उद्घाटन खेलमा कपिलवस्तु ११ ले फूलबारी गाइज बुटवललाई ५–३ ले हराएको छ।
- कपिलवस्तुको जितमा कृष्ण आलेले चार गोल गरे र उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
- प्रतियोगितामा १२ टोली सहभागी छन् र विजेताले ३ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्।
३१ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा बुधबारदेखि सुरु भएको २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ ।
लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा कपिलवस्तुले फूलबारी गाइज बुटवललाई ५–३ गोलअन्तरले पराजित गरेको हो ।
कपिलवस्तुको जितमा कृष्ण आलेले एक्लैले चार गोल गरे । उनले पहिलो, नवौं, ३०औं र ४५औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । अर्को गोल मनिष थारुले गरे ।
फूलबारीका लागि सन्दीप कार्की, सरोज गुरुङ र अनोज गैरेले एक–एक गोल फर्काए । खेलका उत्कृष्ट खेलाडी कृष्ण आले घोषित भए ।
प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, स्याङ्जा, पश्चिम नवलपरासी, पाल्पा र कपिलवस्तुका १२ टोलीको सहभागिता रहेको छ । बिहीबार आयोजक लिस्नु युवा क्लब र पाल्पा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही ११ हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेकी थिइन्। उद्घाटन समारोहमा क्लबले दुई जना विद्यार्थीलाई साइकल वितरणसमेत गरेको थियो।
प्रतिक्रिया 4