+
+
Shares

‘पेन्सन पट्टा’ अस्ट्रेलिया र स्पेनमा प्रदर्शन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले प्रदर्शनको पाँचौं दिनसम्म देशभर १ करोड ५० लाख १३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
  • फिल्म अष्ट्रेलियाका विभिन्न शहरमा २१ सेप्टेम्बरदेखि र स्पेनको बार्सिलोनामा २९ सेप्टेम्बरदेखि रिलिज हुने भएको छ।
  • निर्माता तथा निर्देशक गुरुङका अनुसार त्यसयता पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ।

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पाँचौ दिनसम्म देशब्यापी डेढकरोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता तथा निर्देशक गुरुङका अनुसार मंगलबारसम्म १ करोड ५० लाख १३ हजार रुपैयाँ ग्रस कमाएको छ ।

त्यसयता पनि फिल्मले राम्रो कमाइ गरिरहेको गुरुङले बताए ।

यसैबीच, यो फिल्म अष्ट्रेलिया र स्पेनमा पनि रिलिज हुने भएको छ । स्पेनको बार्सिलोनामा २९ सेप्टेम्बरदेखि फिल्म रिलिज हुन लागेको जनाइएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा सेप्टेम्बर २१ देखि फिल्म रिलिज हुने जनाइएको छ । ब्याकअप इभेन्ट्स र डीबोइज इन्टरटेनमेन्टले अष्ट्रेलियाको सिड्नी, एनएसडब्ल्यू, ब्रिस्बेनलगायतका शहरमा रिलिज गर्न लागेको हो ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई लगायतको अभिनय छ । यसपछि अमेरिका, क्यानडा, जापान, हङकङ, बेलायत, कोरिया, युरोप र खाडी मुलुकमा समेत रिलिजको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?