+
+
Shares

रास्वपा सांसदले संसद्‌मा देखाए त्रिभुवन विमानस्थलमा थुप्रिएको राहत सामग्रीको फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी पीडितका लागि अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराएका राहत उचित रुपमा वितरण हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी पीडितका लागि आएका अन्तर्राष्ट्रिय राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र रहेको भन्दै वितरण गर्न सरकारको ध्यानाकर्षण गराए।
  • उनले विदेशी दातृ निकाय र देशहरूले उपलब्ध गराएका लत्ता कपडा र अन्य सामग्री भन्सार तथा व्यवस्थापनका कारण थन्किएको बताए।
  • न्यौपानेले सम्बन्धित क्षेत्रका नागरिकमा सामग्रीको माग छ कि छैन बुझेर तत्काल पठाउन वा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे।

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी पीडितका लागि अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराएका राहत उचित रुपमा वितरण हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रसुवा विपद्को सन्दर्भमा विदेशी दातृ निकायहरु र देशहरुले दिएका सामग्रीहरु आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन् ।’

आफू भर्खरै त्रिभुवन विमानस्थलबाट आएको बताउँदै उनले फोटोहरू पनि देखाए । अलपत्र अवस्थामा राहत सामग्री देखेपछि आफूले यो अवस्था के हो भनेर सोधेको उनले सुनाए ।

त्यहाँका कर्मचारीले कोरोनाका बेलाको २० कन्टेनर सामान खेर गएको सुनाएको र अहिले पनि विदेशीहरुले दिएका लत्ता कपडा थन्किएको बताएको न्यौपानेले बताए ।

‘जी टु जी मार्फत आएका सामानहरु थन्क्याएर राखिएको छ भने विभिन्न संस्थाबाट आएका सामग्रीहरु बुझ्न आउँदा भन्सार लाग्छ भनेपछि कोही फिर्केर आउँदैन भन्ने कुरा सुनिन आएको छ’ उनले भने, ‘ती सामानहरु किन पठाइएको छैन ?’

प्रश्नको जवाफमा सम्बन्धित क्षेत्रबाट माग नआएको भन्ने जवाफ पाएको भन्दै उनले थपे, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, ती सामग्रीहरु जसरी आए ती सामग्रीहरु त्यसरी खेर नजाउन् ।’

माग छ कि छैन सम्बन्धित क्षेत्रका नागरिकहरुसमक्ष बुझ्न उनको आग्रह छ । माग छैन भने ती सामग्रीहरुको व्यवस्थापन गर्न पनि उनले सरकारलाई सुझाए।

उनले भने, ‘विदेशीहरुले दिएका सामानहरु यत्र तत्र रुपमा छ । एयरपोर्टमा अलपत्र रुपमा छाड्ने हो भने त्यसले राम्रो गर्दैन । अरु विपद्हरुका लागि पनि ती सामग्रीहरु आवश्यक पर्छन् र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरु तत्काल पुर्याइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?