+
+
Shares

नेपालमा ‘माइस टुरिज्म’ गतिविधि बढ्दै, श्रीलंकाका दुई संस्थाको एजीएममा १३५ पर्यटक भित्रिए

श्रीलंका दक्षिण एसियाको एक आकर्षक पर्यटन गन्तवय देश हो । अहिले श्रीलंकन एयरलाइन्सले काठमाडौं र कोलम्बोलाई जोडिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाका दुई पर्यटन व्यवसायी संस्थाको एजीएमका लागि १ सय ३५ पर्यटक बिहीबार नेपाल आएका छन् ।
  • नेपालस्थित श्रीलंकाली दूतावास र श्रीलंकन एयरलाइन्सको सहभागितामा नेपाल पर्यटन बोर्डले उनीहरुलाई स्वागत गरेको छ ।
  • कार्यक्रममा बाढीपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

२ असोज, काठमाडौं । नेपालमा सभा, सम्मेलन जस्ता गतिविधिका लागि भित्रिने पर्यटक संख्या बढ्न थालेको छ । बिहीबार बंगलादेश र श्रीलंकाबाट एकसाथ ठूलो संख्यामा पर्यटक भित्रिए ।

श्रीलंकाका दुई प्रमुख पर्यटन व्यवसायी संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाको वार्षिक साधारणसभा (एजीएम) का लागि १ सय ३५ पर्यटक नेपाल आएका छन् ।

कार्यक्रममा नेपालस्थित श्रीलंकाली दूतावास र श्रीलंकन एयरलाइन्सले समेत कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरुलाई नेपाल पर्यटन बोर्डले स्वागत गरेको छ ।

श्रीलंका दक्षिण एसियाको एक आकर्षक पर्यटन गन्तव्य देश हो । अहिले श्रीलंकन एयरलाइन्सले काठमाडौं र कोलम्बोलाई जोडिरहेको छ । यी संस्थाले विगतमा अन्य सहरमा आफ्नो वार्षिक साधारणसभा गर्दै आएकोमा यसपालि नेपाल गन्तव्य बनाएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाढीपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गरिएको छ ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेलपिटिया, श्रीलंकन एयरलाइन्सका हेड अफ कमर्सियल दिमुथु टेन्नाकोन समेत सहभागी भए ।

श्रीलंकन एयरलाइन्सका बिक्री प्रबन्धक दीपक मैनालीले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह र दुवै मुलुकबीच पर्यटकीय सम्बन्ध विस्तारमा यस्ता कार्यक्रम फलदायी हुने बताए ।

यसअघि बिहीबार नै बंगलादेशबाट आएको १ सय ८५ जनाको कर्पोरेट टोलीलाई बोर्डले स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?