News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी नबुझाएपछि केन्द्रीय कारागार सुन्धारा पठाइएका छन् ।
- काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध बैंकिङ कसुरका १० वटा मुद्दा रहेको खुलाएको थियो ।
- रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल सकेर निस्किएपछि उनलाई सिंहदरबार अगाडिबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
२ असोज, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ ।
रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका थिए । छलफल सकेर निस्किए लगत्तै सिंहदरबार अगाडिबाट उनी पक्राउ परेका थिए ।
उनीविरुद्ध १० वटा बैकिङ कसुरको मुद्दा रहेको खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4