News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई वन–एमडीबी भ्रष्टाचार काण्डमा ५ करोड रिङ्गित जरिवाना तिरेर २०२८ अगस्ट २३ सम्म घरमै नजरबन्दमा बस्न अनुमति दिइएको छ।
- राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् भने प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले त्यसको पुष्टि गरेका छन्।
- नाजिबलाई २०२० जुलाईमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, पछि आधा घटाइएको थियो, र उनी अहिले अर्को १५ वर्षको सजायविरुद्ध अपील गरिरहेका छन्।
२ असोज, क्वालालम्पुर (रासस/एएफपी)। मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन्। माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै नजरबन्दमा बिताउन’ अनुमति दिन्छ, प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले भनेका छन् ।
यो सशर्त माफी ‘पाँच करोड मलेसियाली रिङ्गित (एक करोड २० लाख ३० हजार डलर) जरिवाना भुक्तानीको शर्तमा’ दिइएको छ, वकीलहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत वर्षको अन्त्यतिर एक मलेसियाली न्यायाधीशले सार्वभौम सम्पत्ति कोषको इतिहासकै सबैभन्दा ठूलो लुटपाट काण्डमा संलग्न नाजिबलाई बाँकी समय घरमै बिताउन दिने मूल अनुरोधलाई अस्वीकार गरेका थिए।
‘एसआरसी इन्टरनेसनल एसडीएन भिएच’ नामक पूर्व वन–मलेसिया डेभलपमेन्ट बेरहाड (वन–एमडीबी) सहायक कम्पनीबाट ठूलो रकम निकालिएको भन्दै नाजिबलाई सन् २०२० जुलाईमा पहिलो मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।
वन-मलेसिया डेभलपमेन्ट बेरहाड (वन-एमडीबी)
पछि सजाय माफी गर्ने अख्तियार प्राप्त माफी समितिले सजाय आधा गरेको थियो र जरिवाना पाँच करोड रिङ्गितमा घटाएको थियो । यो मुद्दा अनुसार उहाँको सजाय सन् २०२८ अगस्टसम्म पूरा हुने तालिका छ ।
नाजिबको डिसेम्बरको निवेदनअनुसार घरमै नजरबन्दको अनुरोध अस्वीकार भएको केही दिनपछि उहाँलाई वन–एमडीबी घोटाला काण्डसँग जोडिएको अर्को मुद्दामा थप १५ वर्ष जेल सजाय सुनाइएको थियो ।
अहिले निष्क्रिय वन–एमडीबीबाट एक दशकअघि अर्बौं रकम लुटपाटमा उनको भूमिकाका लागि उनलाई ११.४ अर्ब रिङ्गित जरिवाना पनि तोकिएको थियो।
उनी हाल १५ वर्षको सजायविरुद्ध अपील गरिरहेका छन् जुन ६ वर्षको सजाय पूरा भएपछि मात्र सुरु हुनेछ ।
प्रतिक्रिया 4