+
+
Shares

संखुवासभामा पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटेमा  पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

भविन कार्की भविन कार्की
२०८३ असोज २ गते १८:५१

२ असोज, संखुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटेमा  पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

लगातार वर्षासँगै आएको पहिरोले  राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार भोटखोला र मकाल बीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो ।

उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित अल्फाटेमा गएराति वर्षासँग आएको पहिरोले सडक बगाउँदा भोटखोला जाने र सदरमुकाम खाँदबारी आउने यातायातका साधन अलपत्र परेका छन् ।

अवरुद्ध सडकको पहिरो हटाउन सुरु गरिएको भएपनि भारी वर्षाका कारण सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको  छ ।

यस्तै, पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका–३ थोगाम खोलामा ह्युमपाइप बगाएको छ । भोटखोला –३ थोगाम खोलामा ह्युमपाइप बगाएपछि भोटखोलामासमेत यातायात सेवा ठप्प भएको छ ।

पहिरोका कारण सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा निर्माणाधीन ९०० मेगावट क्षमताको अरुण तेस्रो आयोजनाको ड्राइभर्सन टनेल आउटलेट भागमा क्षति पुगेको छ ।

माथिबाट पहिरो खस्दा अरुण तेस्रो आयोजनाको ड्राइभर्सन टनेल आउटलेट बगाएको प्रहरीले जनाएको छ ।

पहिरोले बाहिरको पहुँच सडकको ९२ मिटर देखि १६५ मिटर सम्म बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?