+
+
Shares

ट्रकको ठक्करबाट सिरहामा पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते ९:३०
दुर्घटनास्थल

३ असोज, सिरहा । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार शनिवार बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ आउँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट नरहा गाउँपालिका–३ निवासी करिब ५०/५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का करिब २५ वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?