News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० गते भोटेकोशी नदीको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रहरू तहसनहस बनेका छन्।
- रसुवा जोड्ने तादी–लच्याङ–कालिका वैकल्पिक सडकखण्डमा सवारी चाप बढेर यात्रा असहज भएको छ।
- पृथ्वी राजमार्ग पूर्ण रूपमा क्षति भएपछि राहत बोकेर जाँदै गरेका सवारीलाई पनि सो सडकखण्डमा सकस परेको छ।
३ असोज, रसुवा (कालिका) । गत भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रहरू तहसनहस बनेका छन् ।
ठूला बजार एवं औद्योगिक क्षेत्रमा भएको क्षतिको विवरण अझै संकलन भइसकेका छैनन् ।
सरकारले अझै पनि विभिन्न आयोजनामा खोजी जारी राखिरहेको छ । यसैबीच रसुवा जिल्लालाई सडक सञ्जालमार्फत जोड्नका लागि बनेको वैकल्पिक मार्गको अवस्था पनि दयनीय देखिएको छ ।
काठमाडौंबाट रसुवा पुग्नका लागि प्रयोग हुने तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी चाप बढेको छ ।
रसुवाको कालिका गाउँपालिका हुँदै जाने यो सडकखण्डमा सवारी पुग्नका लागि मुस्किल बन्न थालेको हो ।
सानो बाटो र धेरै सवारीको चाप भएकाले पनि यहाँको यात्रा मुस्किल बनेको हो । पृथ्वी राजमार्ग पूर्ण रुपमा क्षति भएपछि यो बाटो प्रयोग गर्ने गरिएको थियो ।
यद्यपि यो बाटोमा पनि अहिले सवारी लावालस्कर हुने भएपछि यात्रा असहज भएको हो । अझ राहत बोकेर जाँदै गरेका सवारीलाई झनै सकस परिरहेको छ ।
हेर्नुस् तस्वीरहरू–
















प्रतिक्रिया 4