+
+

पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १०:४२

nepal_oil_corporation१६ कात्तिक, काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि नेपाल आयल निगमले पनि पुनः मूल्य घटाउने तयारी गरेको छ ।

भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेलमा २ रुपैयाँ ४१ पैसा मूल्य घटेको छ ।

सन्चालक समितिको बैठक बसेर मूल्य घटाउने तयारी भैरहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसअघि नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा हुने घटबढ अनुसार नेपालमा पनि प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।

यसअघि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमलाई गत महिना २१ करोड रुपैयाँ नाफा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?