+
+
Shares

देउवाको गृहजिल्लाका सभापति-उपसभापति फरकफरक कित्तामा

देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापतिले जिल्ला कार्यसमितिबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि उपसभापतिले काउन्टर विज्ञप्ति निकालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २०:५६

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापतिले जिल्ला कार्यसमितिबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि उपसभापतिले काउन्टर विज्ञप्ति निकालेका छन् ।

लगातार चलेको नेताहरूको बैठकबाट अनिर्णित भएपछि जिल्ला सभापति भीमबहादुर साउँदले जिल्ला कार्यसमितिको निर्णय गरेर आइतबार वडा अधिवेशन गर्ने सूचना जारी गरेका थिए ।

जिल्ला सभापति साउँद नेता नैनसिंह महरका नातेदार हुन् । उनी महरका कान्छा ससुरा पर्छन् । महर पछिल्लो समय विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिमा समाहित भएका थिए ।

जिल्ला सभापति साउँदले संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुनेगरी वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि जिल्ला उपसभापति डिल्लीराज जोशीको अध्यक्षतामा देउवापक्षीय नेताहरूको छुट्टै बैठक बसेको थियो ।

बैठकलगत्तै उपसभापति जोशीले अलग्गै विज्ञप्ति निकालेर आइतबारको वडा अधिवेशनमा सहभागी नहुन आह्वान कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

उनको विज्ञप्तिमा कांग्रेस फुटको संघारमा हुनु निकै दुखित कुरा रहेको उल्लेख छ । ‘कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, त्यसकारण नेपाली कांग्रेस डडेलधुरा वडादेखि केन्द्रसम्म बलियो र एकताबद्ध कांग्रेसको पक्षमा रहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा र विशेष अधिवेशनबाट निर्वाचित थापालाई वार्ताका माध्यमबाट आपसी समझदारी गरेर पार्टीलाई एकताबद्ध राख्न आह्वान गरेका छन् ।

यस्तै, उपसभापति जोशीको विज्ञप्तिमा आइतबारका लागि आह्वान भएको वडा अधिवेशन रोकेर वार्ता र संवादका माध्यमबाट निकाल्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?