News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको सिरहा नगरपालिका–१९ मा मोटर चलाएर खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको छ।
- पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको छ।
- उही दुर्घटनामा ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन् र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
३ असोज, जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मोटर चलाएर खेतमा पानी लगाउन क्रममा आज दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।
यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना४ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताए ।
सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया 4