+
+
Shares

‍पर्खालभित्र परिवर्तनको सुरुवात : तुलसीपुर कारागारमा पुस्तकालय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको तुलसीपुर कारागारको महिला सेलमा नेशनल प्रेस क्लब अफ नेपाल र नेपाल वान एचडीले करिब ८ लाख रुपैयाँ लागतमा पुस्तकालय स्थापना गरेका छन्।

४ असोज, काठमाडौं । दाङको तुलसीपुर कारागारको परिदृश्य केही फेरिएको छ । त्यो चार पर्खालभित्र अहिले सानो पुस्तकालय तयार भएको छ । पुस्तकालयमा आधारभूत जानकारीदेखि जीवन दर्शनसम्मका पुस्तकहरू उपलब्ध छन् ।

खासगरी कारागारको महिला सेलमा पुस्तकालय स्थापना गरिएको हो ।कैदी जीवन बिताइरहेका महिलाहरूको पट्यारलाग्दा दिन सहज बनाउन मात्र होइन, जीवनोपयोगी ज्ञान हासिल गर्नसमेत यसले सहयोग गर्ने नेशनल प्रेस क्लब अफ नेपालकी अध्यक्ष मोनिका सिंहले बताइन् ।

उक्त कारागारभित्र नेशनल प्रेस क्लब अफ नेपाल र नेपाल वान एचडीको संयुक्त प्रयासमा पुस्तकालय स्थापना गरिएको हो । त्यहाँ अहिले ६०० थान पुस्तक उपलब्ध छन् । त्यसमा कानुन, धर्म, जातजातिको संस्कृति, उद्यम, जीवनशैली, प्रेरणादायी, खानपान, योग–ध्यान आदि सबै किसिमको पुस्तक छन् । करिब ८ लाख रुपैयाँको लगानीमा पुस्तकालय स्थापना गरिएको हो ।

अधिकांश पुस्तक नेपाली छन् भने केही अंग्रेजी भाषाका पनि छन् । यस्तै त्यहाँ बालबालिकाका लागि पनि पुस्तक, कापीलगायत उपलब्ध गराइएको थियो । उक्त कारागारको महिला सेलमा ४ जना बालबालिका पनि छन् ।

सामाजिक उत्तरदायित्वका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको सिंहले बताइन् । ‘आफू जन्मेको ठाउँबाट यो एउटा सुरुवात गरेको हो’ अध्यक्ष सिंहले भनिन्, ‘यसले प्रभावकारी छाप छाड्छ भन्ने हाम्रो अपेक्षा छ ।’

यसले कैदीबन्दी महिलाहरूको जीवनमा कुनै न कुनै किसिमको प्रभाव पार्ने अपेक्षा उनको छ । ‘यहाँ धेरैथरीको किताब छन्, जुन उनीहरूले आफ्नो रुचिअनुसार छानीछानी पढ्न सक्छन्’ सिंह भन्छिन्, ‘पढेर जीवनोपयोगी जानकारी हासिल गर्न सक्छन्, आफूमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्।’

कैदीबन्दी महिलालाई मनोरञ्जन, ज्ञान र आत्मचिन्तनको अवसर उपलब्ध गराउने उदेश्यले ‘पर्खालभित्र परिवर्तनको सुरुवात’ अभियान थालिएको सिंहले बताइन् । सो पुस्तकालय जिल्ला प्रशासन कार्यलय, दाङ तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?