+
+
Shares

भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १७:०४

४ असोज, काठमाडौं । विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेले माग गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक विचारमाथिको दमन बन्द गर्न र विश्लेषक दाहाललाई तकाल रिहा गर्न माग गरेका छन् ।

विज्ञप्तिमा कुनै पनि नागरिकले राज्य, सरकार, सत्ता र शासन व्यवस्थाका कमजोरीमाथि प्रश्न उठाउनु, आलोचना गर्नु र आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्नु लोकतान्त्रिक अधिकार रहेको उल्लेख छ ।

‘विचारसँग असहमत हुँदैमा पक्राउ गर्ने, आवाज दबाउने र राज्यशक्तिको दुरुपयोग गरेर असहमत विचारमाथि नियन्त्रण गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल नखाने निरंकुश र अधिनायकवादी प्रवृत्ति हो,’ विज्ञप्तिमा भनिएको छ ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ गरिएको भनिएपनि आरोप, पक्राउको आधार र अनुसन्धानको विषयमा स्पष्ट जानकारी सार्वजनिक ननगरिनुबाट विचार र अभिव्यक्तिकै कारण पक्राउ गरिएको भन्न सकिने मालेले भनेको छ ।

‘दाहालमाथि कुनै कसुरको स्पष्ट प्रमाण छ भने त्यसलाई सार्वजनिक गरियोस् र निष्पक्ष कानुनी प्रक्रियाबाट छानबिन गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘आरोप स्पष्ट नगरी, राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर पक्राउ र धरपकड गर्ने कार्यको घोर निन्दा र भत्सर्ना गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?