News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीमा प्रहरीले धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
- जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारू पक्राउ परेका छन्।
- धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
५ असोज, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित जोशीपुर गाउँपालिका–३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसमेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4