+
+
Shares

फेरि पक्राउ परे युट्युबर मनोज मानव

युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाका युट्युबर मनोजकुमार महतो सामाजिक सञ्जालमा अपमानजनक, आधारहीन र भ्रामक सामग्री फैलाएको आरोपमा फेरि पक्राउ परेका छन्।
  • लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध र सार्वजनिक शान्ति खलल पार्ने कसुरमा उदयपुरको त्रियुगा पुलपारीको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • प्रहरीका अनुसार महतोविरुद्ध चरित्रहत्या, धम्कीपूर्ण पोस्ट र आपराधिक लाभ लिएको सूचना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

५ असोज, सिरहा । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।

लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायत व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने मनसायले बिना प्रमाण, आधारहीन, तथ्यहीन तथा धम्कीपूर्ण सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्तिमा खलल पार्ने कार्य गरेको आरोप महतोमाथि छ।

प्रहरीले उनीविरुद्ध कासुरमा जाहेरी दर्ता भई जारी भएको पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा उदयपुरको त्रियुगा पुल पारीस्थित एक होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए ।

महतोसँग अटोमेटिक हतियार रहेको र आफू पूर्व जन–तान्त्रिकको लडाकु भएको भन्दै धम्की दिएको तथा उक्त हतियारको फोटो देखाएर केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको  प्रहरीले जनाएको छ ।

महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महतो यसअघि पनि अभद्र व्यवहारको कसुरमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?