+
+
Shares

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिए जेनजी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:३४

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट जेनजी उमेर समूहका क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् ।

असोज ३ र ४ गते भएको वडा अधिवेशनबाट विभिन्न पेसामा आवद्ध जेनजी प्रतिनिधिहरु छनोट भएका हुन् ।

प्युठानस्थित नौबहिनी गाउँपालिका–४ नम्बर वडाको सभापतिमा जेनजी उमेर समूहका मिलन घर्तीमगर चुनिएका छन् ।

दोस्रो दिन भएको अधिवेशनबाट कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ बाट २२ वर्षीय राजेन्द्र जैसी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भए । जेनजी आन्दोलनमा सक्रिय समेत रहेका जैसी पेशाले इन्जिनियर हुन् ।

सोही वडाबाट १८ वर्षीया सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधि बनिन् । नर्स पेसामा रहेकी सुवेदी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिइन् ।

नवलपुरस्थित बुलिङ्गटार गाँउपालिका–२ बाट १८ वर्षीया बोलिना गरञ्जामगर क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन् । उनी मोडेल पनि हुन् ।

अछामको ढकारी गाँउपालिका–२ बाट २३ वर्षीय कल्पना रिमाल क्षेत्रीय प्रतिनिधि छनोट भएकी छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म ४३ जिल्लाका ६ हजार १३२ जना वडामा अधिवेशन भएको छ । बाँकी रहेका वडाहरुमा आज पनि अधिवेशन हुँदैछ ।

कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?