News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीको विपद्पछि जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताए ।
- मन्त्रालयले क्षतिग्रस्त सडक, पुल र खानेपानी संरचना तत्काल खोल्ने वा पुनर्निर्माण गर्ने काम द्रुतगतिमा अघि बढाएको उनले जानकारी दिए ।
- उनले असोजभित्र ठूलो निर्माणबाहेक यातायात सुचारु गर्ने लक्ष्यसहित १२ भदौदेखि आपतकालीन ठेक्का लगाउन थालिएको बताए ।
५ असोज, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी विपद्पछि सो भेगको जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
मन्त्रालयको जिम्मामा विपद्ले क्षतिग्रस्त बनाएका सडक पुल, खानेपानी संरचना सम्भव भएसम्म तत्काल खोल्ने र नभएको स्थानमा पुनर्निर्माण गर्नु पर्ने रहेको र सोही अनुसार सरकारले द्रुतगतिमा काम गरिरहेको उनले जानकारी दिए ।
‘बाढी आएकै दिन मन्त्रिपरिषद् बैठक बस्यो, अबण्डा बजेटबाट काम तत्कालै थाल्ने निर्णय भयो,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता कनेक्टिभिटि सूचारु गर्ने र तत्काल खानेपानी जस्ता सुविधा पुनर्स्थापित गर्नेमा केन्द्रित छ ।’
असोज महिनाभरीमा ठूलो निर्माणबाहेक यातायात सूचारु गरिसक्ने लक्ष्यसहित काम भइरहेको समेत उनले जानकारी दिए ।
अहिले आपतकालीन ठेक्काको प्रावधान अनुसार नै १२ भदौबाट विभिन्न काममा ठेक्का लगाउन सुरु भएको र यो क्रम जारी रहेको समेत उनले बताए ।
प्रतिक्रिया 4