+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज ललितपुरको रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बस्दै छ।
  • बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन मिनेटका दरले धारणा राख्ने छन्।
  • ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहित प्रतिवेदन पेस गर्दै पार्टी पुनर्गठनको बहसलाई लहडको विषय नबनाउन चेतावनी दिएका थिए।

६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बैठक सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ३ मिनेट समय छुट्याइएको छ ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका थिए । पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?