News Summary
Generated by OK AI. Editorially reviewed.- आर्या इन्टरटेनमेन्टको कथानक फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ ।
- टिजरमा दशैंको परिवेश र आमा छोराबीचको कथा देखाइएको छ ।
- विजया दशमीको अवसरमा फिल्म असोज ३० गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ ।
काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ ।
टिजरमा दशैंको परिवेश र पारिवारिक संवेदनालाई चित्रण गरिएको छ । विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ ।
टिजरमा तीन जना कलाकारालाई चित्रण गरिएको छ । ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतको मुख्य भूमिका रहनेछ ।
चन्द्र पन्तको पटकथा तथा निर्देशनमा बनेको फिल्ममा संवाद लेखन रोशन भट्टले गरेका हुन् । कार्यकारी निर्माता करण सिंह हुन् ।
प्रतिक्रिया 4