+
+
Shares

२० वर्षीय आयुष्मान रुपन्देहीमा कांग्रेसको क्षेत्रीय प्रतिननिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:१६

काठमाडौं । बुटवल उपमहानगरपालिका–७ का २० वर्षीय आयुष्मान पुरी नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ को क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय पुरी सामाजिक अभियन्ता हुन् ।

युवा सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

पुरीसँगै खुलातर्फ थप ६ जना र महिलातर्फ १ जना गरी कुल ७ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?