News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको रामबाग महलमा शुरू भएको छ र अध्यक्ष केपी शर्मा ओलीले सोमबारको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरू धारणा राखिरहेका छन्।
- ओलीले सोमबार प्रस्तुत प्रतिवेदनमा कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने अडान लिँदै पार्टी पुनर्गठनलाई लहडको विषय नबनाउन चेतावनी दिएका थिए।
- केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय छुट्याइएको बैठक बुधबारसम्म चल्ने छ।
६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ३ मिनेट समय छुट्याइएको छ । केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि धारणा राख्नेछन् ।
सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए ।
पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका थिए ।
पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।
बैठक बुधबारसम्म चल्ने छ ।
प्रतिक्रिया 4