+

अन्तर्राष्ट्रिय क्रिकेटबाट मार्क वूडको सन्यास घोषणा

२०८३ असोज  ६ गते १४:१६ २०८३ असोज ६ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका ३६ वर्षीय पेस बलर मार्क वुडले चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
  • वुडले ११ वर्षको करिअरमा ३८ टेस्टमा ११९, ७० एकदिवसीयमा ८० र ३८ टी–२० अन्तर्राष्ट्रियमा ५४ विकेट लिए ।
  • उनले २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टी–२० विश्वकप जितमा इंग्ल्यान्डलाई योगदान दिएका थिए ।

६ असोज, काठमाडौं । इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् ।

सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले चार एसेस शृङ्खला खेलेका थिए भने २०१५ मा ट्रेन्ट ब्रिजमा जित दिलाउने विकेट र २०२३ मा हेडिङ्लीमा गरेको तीव्र स्पेल विशेष रूपमा सम्झिने प्रदर्शन बने ।

वूड इंग्ल्यान्डको दुई विश्वकप विजेता टोलीका सदस्य पनि हुन् । उनले २०१९ को घरेलु एकदिवसीय विश्वकपमा १८ विकेट लिएर उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए ।

त्यस्तै २०२२ को टी–२० विश्वकप जित्दा उनले चार खेलमा ९ विकेट लिएका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा ३८ खेलबाट ५४ तथा एकदिवसीयमा ७० खेलबाट ८० विकेट लिए ।

सन्यास घोषणा गर्दै वूडले भने, ‘इंग्ल्यान्डबाट खेल्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान थियो । चोटबाट फर्किने प्रयास बारम्बार गरेँ, तर यसपटक त्यो लडाइँ जित्न सकिनँ ।’

इंग्ल्यान्ड क्रिकेटका प्रबन्ध निर्देशक रोब कीले वुडलाई आफ्नो पुस्ताका सबैभन्दा रोमाञ्चक तीव्र गतिका बलरमध्ये एक भन्दै दुई विश्वकप र एसेस सफलतामा उनको योगदानको प्रशंसा गरेका छन् ।

मार्क वूड सन्यास घोषणा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय