+
+
Shares

कोशी राजमार्गको खाँदबारी-सभाखोला खण्ड दैनिक ९ घण्टा बन्द

कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभामा खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर भाग मर्मत र चौडा गर्न असोज ६ देखि ३० सम्म दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ।
  • सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार बिहान ८ देखि १२ बजे र दिउँसो १ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।
  • कार्यालयले १२ देखि १ बजे र साँझ ६ देखि ८ बजे सम्म यातायात खुला रहने र निषेधित समयमा वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाएको छ।

६ असोज, संखुवासभा । कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी –तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ। सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको हो ।

सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको कालोपत्रे सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताए।

खाँदबारी देखि सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताए।

कार्यालयले बिहान १२ बजेदेखि १ बजे सम्म र साँझ ६ बजे देखि ८ बजेसम्म सवारी साधन सञ्चालन खुल्ला गरिने जनाएको छ। समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सञ्चालन भइरहेको श्री डिएस विल्र्डस/सुपर लाईक जेभी खाँदबारी-३ का मिगुर शेर्पाले बताए। निषेधित समयमा यातायातका साधन बैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ। उक्त सडक खण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?