News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटकसँग पार्टी एकताको पहल गर्न देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठसहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
- समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ ।
- प्रवक्ता प्रकाश ज्वालाले “एउटै कम्युनिस्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुनेछ ।” भनेका छन् ।
६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ छन् ।
सो समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले भने, ‘एउटै कम्युनिस्ट पार्टी निर्माणको पहल गर्न सबै पक्षसँग वार्ता हुनेछ ।’ आजबाट सुरु पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तय गरेको आठ बुँदे एजेण्डामा ‘पार्टीमा समाहित गर्ने’ विषय पनि छ ।
प्रतिक्रिया 4