News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद आशिष गजुरेलले प्रतिनिधिसभामा चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन जनचेतना कार्यक्रम र कक्षा सञ्चालन गर्न सरकारसँग माग गरे।
- उनले काठमाडौँमा १३ देखि १४ लाख सवारी साधन हुँदा पनि पर्याप्त ट्राफिक प्रहरी नभएको र प्रविधिबाट व्यवस्थापन गर्नुपर्ने बताए।
- गजुरेलले चालकले दिनको ६ घण्टाभन्दा बढी गाडी चलाउन नपाउने नियम कार्यान्वयन हुन नसकेको भन्दै कारबाही मात्रले सडक सुरक्षा सुनिश्चित नहुने बताए。
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन आवश्यक रहेको बताएका छन् ।
आफू यातायात इन्जिनियरिङको विद्यार्थी रहेको भन्दै उनले त्रिपुरेश्वरको सोमबारको घटना स्मरण गर्दै चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन आवश्यक रहेको बताएका हुन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
विश्वविद्यालयमा अध्ययन गर्दा ट्रान्सपोर्ट एण्ड साइकोलोजी भन्ने विषयलाई धेरै ठूलो प्राथमिकताका साथ पढाइने गरेको उल्लेख गर्दै उनले भने, ‘चालकको मनोवैज्ञानिक ज्ञान कस्तो हुनुपर्छ भन्ने कुरालाई प्राथमिकता साथ राखिन्थ्यो ।’
यसअनुसार विकसित देशमा हेर्दा जनचेतनाको कार्यक्रमको लागि र चालकहरूको मनोवैज्ञानिक असरमा सकारात्मक असर ल्याउन ठूलो लगानी गरेको देखिने बताए । तर नेपालमा यस्तो नदेखिने बताए।
विकसित देशमा ट्राफिक प्रहरीलाई चाहिँ सडकमा नदेख्ने र प्रविधिबाट सबै कुरा कन्ट्रोल र व्यवस्थापन भइरहेको पाइने सुनाए ।
‘अहिले काठमाडौँमा मात्र हेर्ने हो भनेदेखि १३ देखि १४ लाख सवारी साधन गुडीराखेका छन् भने त्यसलाई व्यवस्थापन गर्नको लागि एक हजार जना पनि ट्राफिक प्रहरी हुनुहुन्न’ उनले भने, ‘चालकले पनि मलाई कहिले कारबाही होला भन्ने त्रासमा सडक प्रयोग गरेको देखिन्छ भने ट्राफिक प्रहरीलाई पनि दिनरात खटेर प्रेसरले यातायात व्यवस्थापन गर्नुपर्नेमा अवस्था छ ।’
कारबाहीको विषयमा पनि ख्याल गर्न आवश्यक रहेको उनले बताए ।
सरकार पक्षबाट पनि धेरै पेनाल्टी लिने, जरिवाना लिने, कारबाही गर्ने भयो भने सडक दुर्घटना कम हुन्छ, यातायात व्यवस्थापन सहज हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको भन्दै उनले थपे, ‘खोइ जनचेतनाको कार्यक्रम ? खोइ चालकहरूलाई चाहिँ मनोवैज्ञानिक ज्ञान दिनको लागि कक्षा संचालन ?’
नियमअनुसार एउटा चालकले दिनको ६ घण्टा भन्दा बढी गाडी गुडाउन नपाउने भन्ने तर यो लागू गर्न नसकिएको उनले बताए । यस्तो अवस्थामा कारबाही मात्र गरेर सडक सुरक्षा र सुरक्षित यात्रा सुनिश्चित गर्न नसकिने उनको आग्रह छ ।
प्रतिक्रिया 4