+

प्रोफेसनल क्रिकेटबाट कोलिन इन्ग्रामको सन्यास

२०८३ असोज  ६ गते १६:४६ २०८३ असोज ६ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले ४१ वर्षको उमेरमा व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
  • इन्ग्रामले अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित गर्दै क्रिकेटमा योगदान दिने बताएका छन् ।
  • सन् २००४ मा सुरु भएको करिअरमा उनले १५९ प्रथम श्रेणी खेलमा १०,६८३ रन बनाएका थिए ।

६ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित गर्दै क्रिकेटमा सकारात्मक योगदान दिन चाहन्छु’ उनले लेखेका छन् ।

सन् २००४ मा फ्री स्टेटबाट करिअर सुरु गरेका इन्ग्रामले २२ वर्षको व्यावसायिक यात्रामा १५९ प्रथम श्रेणी खेल खेल्दै १०,६८३ रन बनाएका छन् । पछिल्ला ११ वर्ष उनले वेल्सको ग्लामोर्गनबाट खेलेका थिए र अब सोही क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

इन्ग्रामले २०१० मा जिम्बाबेविरुद्धको डेब्यू एकदिवसीय खेलमै शतक प्रहार गर्दै दक्षिण अफ्रिकाबाट प्रभावशाली सुरुवात गरेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ एकदिवसीय र ९ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

फ्रेन्चाइज क्रिकेटमा पनि उनको सफल करियर रह्यो । उनले आईपीएलमा दिल्ली क्यापिटल्सबाट दुई सिजन खेल्नुका साथै बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, टी–२० ब्लास्ट र एसए२० लगायतका प्रमुख प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

कोलिन इन्ग्राम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय