+
२०औं एसियन गेम्स :

जापानलाई हराउँदै चीनले जित्यो महिला भलिबलको स्वर्ण

२०८३ असोज  ६ गते १८:१३ २०८३ असोज ६ गते १८:१३
Photo Credit : XINHUA

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले मंगलबार जापानलाई ३–० को सोझो सेटमा हराउँदै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ।
  • चीनले पहिलो सेट २५–१९, दोस्रो २५–२० र तेस्रो २५–२३ ले जित्दै प्रतियोगितामा १०औँ स्वर्ण हात पारेको छ।
  • नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरिँदै १२औँ स्थानमा सीमित भएको छ।

६ असोज, काठमाडौं । चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ ।

मंगलबार भएको फाइनलमा चीनले पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा पनि चीनले सुरुदेखि नै सामान्य अग्रता कायम राख्दै २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेटमा जापानले आक्रामक सुरुआत गर्दै ७–१ को अग्रता बनाएको थियो । त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्‍यो र स्कोर १९–१९ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा २५–२३ को जित निकाल्दै खेल ३–० ले आफ्नो पक्षमा पार्‍यो ।

यससँगै चीनले एसियाली खेलकुदको महिला भलिबलमा १०औँ स्वर्ण पदक जितेको छ । चीन यस प्रतियोगिताको साविक विजेता पनि हो ।

सेमिफाइनलमा चीनले थाइल्यान्डलाई ३–२ ले पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यसअघि चीनले हाङझाउ एसियाली खेलकुदमा पनि जापानलाई सोझो सेटमा पराजित गर्दै महिला भलिबलको स्वर्ण जितेको थियो ।

नेपाली महिला भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो र १२औं स्थान हासिल गरेको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय