News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी खेती सिजनमा रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको छ।
- कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ स्रोत सुनिश्चितता प्राप्त भएको जनाएको छ।
- मन्त्रालयले बजेट टुङ्गिएसँगै आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर आह्वान गर्ने तयारी गरेको छ।
६ असोज, काठमाडौं । आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्वतयारी तीव्र पारेको बताएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबर स्रोत सुनिश्चितता (बजेट सहमति) प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।
विगतका वर्षहरूमा जस्तो मुख्य सिजनमा किसानले मलको हाहाकार बेहोर्नु नपरोस् भन्ने उद्देश्यले यसपालि बेलैमा काम सुरु गरिएको मन्त्रालयको भनाइ छ ।
किसानको समस्या मध्यनजर गर्दै मल खरिद र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाइएको मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया 4