+
+
Shares

मुक्त कमैया पुनर्स्थापनाको विषय प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

रासस रासस
२०८३ असोज ६ गते १८:३६

६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनर्स्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनर्स्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।  मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?