अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । अहिले भर्खरै ट्रम्पले महासभालाई सम्बोधन गरेका हुन् ।
ट्रम्पले सम्बोधनका घोचपेच गरेपछि इरानी र क्युबाली प्रतिनिधिमण्डलले भने उनको सम्बोधन बहिष्कार गरेका छन् । दुवै देशका प्रतिनिधिमण्डल हलबाट उठेर हिँडेका हुन् ।
ट्रम्पले आफ्नो प्रशासनले क्युबाको अवस्थालाई ‘मूलभूत रूपमा परिवर्तन’ गर्न खोजिरहेको बताएका थिए ।
उनले क्युबा कम्युनिस्ट शासनद्वारा सञ्चालित रहेको र अहिले ठूलो दबाबमा रहेको दाबी गरे । ‘यो पूर्णरूपमा असफल राज्य हो । यो अहिलेसम्मकै सबैभन्दा खराब अवस्थामा असफल भइरहेको छ र यो ढल्नेछ,’ ट्रम्पले भनेका थिए ।
उनले अमेरिकामा कम्युनिज्म कहिल्यै नआउने, तर क्युबामा स्वतन्त्रता आउने भन्दै दाबी गरेका थिए ।
ट्रम्पले यी भनाइ राखिरहँदा क्युबाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको सभाकक्षबाट बाहिरिएको थियो ।
यस्तै, ट्रम्पले इरानमाथि अमेरिकाले पटक–पटक गरेको सैन्य कारबाहीबारे बोल्न थालेपछि संयुक्त राष्ट्रसंघको महासभामा रहेको इरानी प्रतिनिधिमण्डल पनि सभाकक्षबाट बाहिरिएको हो ।
ट्रम्पले इरानमाथि भएका अमेरिकी सैन्य आक्रमणबारे चर्चा सुरु गरेलगत्तै इरानी प्रतिनिधिमण्डलका सदस्यहरू एकपछि अर्को गर्दै बाहिरिएका थिए ।
अन्तत: तल्लो तहका एक कर्मचारी मात्र सभाकक्षमा बसेका थिए ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघची वार्षिक महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन् ।
तर, उनीहरू अमेरिकी राष्ट्रपतिको सम्बोधनका क्रममा महासभाको मुख्य सभाकक्षमा उपस्थित भएनन् ।
प्रतिक्रिया 4